January 2, 2025
Spread the love
लघुवित्तको कर्जा नोक्सानी व्यवस्था उच्च, खुद्रा कर्जा प्रदायकलाई अझै कठिन
लघुवित्तको कर्जा नोक्सानी व्यवस्था उच्च, खुद्रा कर्जा प्रदायकलाई अझै कठिन

२०८० पुस मसान्तसम्मको विवरण अनुसार थोक तथा खुद्रा कर्जा प्रदायक दुवै प्रकारका लघुवित्तको कर्जा नोक्सानी व्यवस्थामा वृद्धि देखिएको हो । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्थामा वृद्धि भएको छ ।

२०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा १९.३८ प्रतिशतले बढेर रू. २० अर्ब २२ करोड पुगेको छ ।

जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ३२.८९ प्रतिशतले वृद्वि भई रु.१४ अर्ब १७ करोड पुगेको छ । यसैगरी २०८० पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ ।

२०८० पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर रू. १ अर्ब ६८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई रु.७१ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा भने दुवै प्रकारका लघुवित्तको कुल कर्जा नोक्सानी व्यवस्था रकम र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकमको वृद्धि दर घटेको छ ।

Leave a Reply