काठमाडौं, चैत १८ गते नेपालले गुजरातलाई ८ विकेटले पराजित गर्दै त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप)को पहिलो खेलमा सुरुवात गरेको छ । नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर ९९ रनको लक्ष्य पुरा गरेको थियो । अनिल शाहले ३५ बलमा ३ चौका र १ छक्का सहित ३२ रन बनाए । रोहित पौडेलले २६ बलमा ३ चौका सहित ३३ रन बनाए ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले १६ बलमा २ छक्का सहित १७ रन बनाए भने आसिफ शेख १६ रनमा आउट भए । गुजरातका तेजस पटेल र हेमाङ पटेलले १–१ विकेट लिए । यसअघि साई मेघापन स्पोर्ट्स लाइफ ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको गुजरातले १८.२ ओभरमा ९८ रन बनाएको थियो ।
गुजरातका लागि ओपनर रुद्र मयुर पटेलले २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाए । आर्यन देसाईले ४, सरल प्रजापतिले १७, उमंग पटेलले ५, स्मिथ पटेलले १०, अभिषेक देसाईले ११ र हेमाङ पटेलले ११ गोल गरे ।