स्मार्ट माइक्रोफाइनान्स लिमिटेडले गत वर्षको तुलनामा नाफा नपुगेकाले शेयरधनीलाई लाभांश वितरण नगरी वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैठक फागुन २९ गते रुपन्देहीको सिद्धार्थनगर–६ स्थित होटल पौवामा बस्नेछ ।
साधारण सभाको प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेकोले चैत १५ गतेसम्म दर्ता भएका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । संस्थाले आगामी दिनमा घरेलु लघुवित्तबाट नाफा कमाउने तयारी गरेको छ । गत भदौमा यी दुई संस्थाबीच नाफाका विषयमा आपसी समझदारी भएको थियो ।