मन्त्रीले आफ्नो सीमित स्वार्थका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह फैलाउने र अस्थिरता गर्ने प्रवृत्तिप्रति सरकारलाई चेतावनी दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको ‘म्यानेजमेन्ट समिट–२०२४’ लाई सम्बोधन गर्दै मन्त्री पुनले कालोसूचीमा परेकाहरुको हल्लाबाट प्रभावित नहुन बैंकर तथा निजी क्षेत्रलाई आग्रह गरे । उनले बैंकलाई ऋण लिने, कालोसूचीमा राखेर ऋण नतिरेको आरोप लगाउने अभ्यासमा आफू सहमत नभएको स्पष्ट पारे ।
‘आफ्नो सीमित स्वार्थ पूरा गर्न बैंकिङ प्रणालीमा अस्थिरता फैलाउने यस्तो व्यवहार सरकारलाई मान्य नहुने’ उनले भने । मन्त्री पुनले नेपालको बैंकिङ प्रणालीमा स्थायित्व आवश्यक रहेकोमा जोड दिएका छन् ।