नेपाल आयल निगमले आज राति १२ बजेदेखि पेट्रोलको मूल्य बढाएको जनाएको छ । भारतले गत चैत ११ गते पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा, डिजेल र मट्टितेलमा ०.३९ पैसा र हवाई इन्धनमा ०.३८ पैसा बढेको छ ।
तर, एलपी ग्यासको मूल्य २७ रुपैयाँ ८८ रुपैयाँले घटेको छ । एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २६५.१५ रुपैयाँले घटेको भए पनि निगमले पेट्रोलको मूल्य बढेको मात्रै जानकारी दिएको छ ।