त्रिदेशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । यो लगातार जितसँगै नेपालले फाइनलमा स्थान पक्का गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.३ ओभरमा १२१ रनमा अलआउट भयो । जवाफमा नेपालले १५.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पछ्यायो ।
नेपाल यसअघि नेदरल्याण्डसँग २ रनले पराजित भएको थियो । पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएपनि दोस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको थियो । नेपालको चार खेलबाट चार अंक छ । नेदरल्याण्ड्सको तीन खेलबाट चार अंक छ भने नामिबियाको तीन खेलबाट दुई अंक छ।
आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाबीचको निर्णायक खेलले अर्को टोलीको सामना गर्न कुन टोली फाइनलमा पुग्ने तय हुनेछ। नेपालको जितमा कप्तान रोहितकुमार पौडेल र गुलशन झलेले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोहितले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४६ रन बनाए । गुलशनले ३६ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३८ रनको योगदान दिए ।
यसअघि ओपनर कुशल भुर्तेलले आठ बलमा १२ र आसिफ शेखले आठ रन बनाएका थिए । गुलशन र रोहितको चमकले नेपालले २.५ ओभरमा २७–२ रन बनाएको थियो । उनीहरुले तेस्रो विकेटका लागि ८६ रनको बलियो साझेदारी गरेका थिए । नेदरल्याण्ड्सको बि.