December 22, 2024
Spread the love
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ बढ्यो निगमले बिहीबार विज्ञप्ति जारीगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ मुल्य बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।

बिहीबार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्यसूची पठाएकाले सोही अनुसार यहाँको विक्री मुल्य केही बढाएर समायोजन गरिएको निगमले जनाएको छ ।

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

यसअघि गत १ तारिकमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नभएर खाना पकाउने ग्यासको भाउ बढाएको थियो । १५ दिनको अवधीमा लगातार दुईपटक इन्धनको भाउ बढाईएपछि चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य उपभोक्ता निगमको यस्तो निणर्यपछि थप मर्कामा परेका छन । निगमले स्वचालित प्रणाली अनुसार इन्धनको नयाँ मुल्य समायोजन गरिएको बताएको छ ।

Leave a Reply