काठमाडौंको सेयर बजारमा बुधबार बिक्रेताको वर्चस्व रह्यो । यस दिन नेप्से परिसूचक २७ दशमलव ८४ अंकले घटेर २०८० दशमलव ८७ मा बन्द भएको छ । ३ अर्ब ९४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
सबै समुह ओरालो लागेका बेला ३ वटा कम्पनी सकारात्मक सर्किट स्तरमा कारोबार गरिरहेका छन् । बजार २१०० अंकको मनोवैज्ञानिक स्तरभन्दा तल ओर्लिएकाले छोटो अवधिका व्यापारीहरूले नाफा बुक गरेका छन् ।
लगातार ४ कार्यदिवस बजार बढेपछि बुधबार पनि परिसूचकमा गिरावट आएको छ । पछिल्लो समय बजारमा व्यापारीहरुको बाहुल्यता बढ्दै गएको छ । बजार बढेसँगै नाफा बुकिङ गर्ने प्रवृत्ति प्रस्ट देखिन्छ ।
बजार १९०० को रेखा नाघेर २१०० भन्दा माथि पुगेपछि बिक्रेताको पक्ष बलियो भएको छ । जसका कारण बुधबार बजारमा दोहोरो अंकको गिरावट आएको हो । तसर्थ, ट्रेडिङ प्रक्रियाले पनि बजार प्रवृत्ति सिर्जना गर्न सकारात्मक भूमिका खेल्छ।