December 22, 2024
Spread the love

काम गर्न नसक्ने वडाध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ

काम गर्न नसक्नेलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ - गगन थापा
काम गर्न नसक्नेलाई विश्राम दिऊँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ – गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका छन् । बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरूलाई पार्टीको वरिपरि राख्नु नहुने बताएका हुन् । उनले दाग लागेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताए ।

उनले काम गर्न नसक्ने मन्त्रीहरूलाई विश्राम दिनुपर्ने पनि बताए । महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताए । उनले यसो गर्न सकेमा कांग्रेसको शक्ति बढ्ने बताए । उनले ०४६ साल पछाडि सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने पनि बताए । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई कारबाही गर्न सकिने उनको भनाई छ । उनले भने – ‘हामी अहिले सरकारमा छौँ ।

सरकारमा भएर यसरी राम्रोसँग काम गरौँ । जसको कारणले गर्दा अर्को सरकारको बारेमा चिन्ता गर्नु नपरोस् । आम नागरिकहरू आज सरकारसँग सुशासन र डेलिभरीको कुरा खोजिरहेका छन् । भ्रष्टाचारीहरू एउटा पनि नउम्कियोस् । ठुलो माछाहरू समातियोस् । यसको निम्ति कानुन बनोस् । बनेको कानून बदल्नुपर्छ भने बदलियोस् ।

कांग्रेसको पहलमा हामीले कानून बनाउने केही पहलकदमीहरू लिएका छौँ । ०४६ साल पछाडि प्रत्येक सार्वजनिक जीवनमा बसेको मान्छेको सम्पत्ति छानबिन होस् भन्ने कानून नेपाली कांग्रेसको पहलकदमीमा यहीँ संसद्बाट बनाएर सुशासनको सन्दर्भमा हामीले देखाउनुपर्ने छ । कतिपय ठाउँमा दाग लागेको छ । दाग पुछ्नका लागि ऐन पुछेर हुँदैन ।

दाग हामी आफैँले मेटाउनुपर्छ । हाम्रो घरलाई ठिक बनाइसकेपछि अनि बलियोसँग उभिएको कांग्रेसले नेताको नाममा सहकारी ठग्नेहरूलाई ठिक ठाउँमा लिएर आउँछ । जग्गा किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । नागरिकता किर्ते गर्नेहरूलाई ठिक ठाउँमा ल्याउँछ । डेलिभरी गर्ने हाम्रो काम हो । जिम्मामा भएका हाम्रा सांसद मन्त्रीहरूले हिसाब किताब दिन सक्नुपर्छ ।

प्रत्येकले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊँ । दाग लागेको मन्त्रीलाई घर पठाऔँ । अनि काम गरेर देखाऔँ कांग्रेसले । काम गर्न नसक्ने वडा अध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भनेर भन्न सक्नुपर्छ ।

भ्रष्टाचारमा मुछिएका एउटा मान्छेलाई कांग्रेसले वरिपरि राख्दिनँ भनेर भन्न सक्नुपर्छ । भन्नुपर्छ । त्यसपछि हाम्रो शक्ति आफैँ बढ्दै जान्छ ।’ उनले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए ।

Leave a Reply