July 17, 2024
Spread the love
१.७६ अङ्कले घट्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार
१.७६ अङ्कले घट्यो सेयरबजार, तीन अर्ब बढीको कारोबार

मङ्गलबार सेयरबजारमा १.७६ अङ्कको सामान्य गिरावट आउँदा कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन दोहोरो अङ्कले घटेको सेयरबजार आज केही थामिएको देखिएको छ ।

गत आइतबार २७.२१ अङ्कले घटेको सेयरबजार आज थप १.७६ अङ्कले घटेर २०३३.०६ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार एक सय ९६ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर ३ अर्ब ११ करोड ३५ लाख ५६ हजार नौ सय ७८ रुपैयाँ पुगेको छ ।

आज बजार घट्दा कारोबार रकममा पनि गिरावट भएको हो । आज सर्वाधिक कमाउने कम्पनीहरुमा बोटलर्स नेपाल बालाजु र समाज लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा ग्रीनलाइफ हाइड्रो र किसान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घट्यो ।

आज अन्य समूहको उपसूचक सर्वाधिक १.१० प्रतिशतले बढ्दा फाइनान्स ०.७२ प्रतिशत र उत्पादन समूहको उपसूचक ०.७१ प्रतिशतले बढे । आज माइक्रोफाइनान्स समूहको उपसूचक सर्वाधिक ०.७४ प्रतिशतले घट्दा बैंकिङ समूहको उपसूचक ०.४४ प्रतिशत र लाइफ इन्स्योरेन्स उपसूचक ०.४१ प्रतिशतले घट्यो ।

Leave a Reply