November 2, 2024
Spread the love
लोकेश बमले आफ्नो विस्फोटक शतक बनाएर पनि नेपाल ‘ए’ लाई जित दिलाउन असफल हुँदा आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी भयो ।
लोकेश बमले आफ्नो विस्फोटक शतक बनाएर पनि नेपाल ‘ए’ लाई जित दिलाउन असफल हुँदा आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी भयो ।

आयरल्याण्ड वुल्भ्ससँगको पहिलो टी–२० खेलमा लोकेश बमको धमाकेदार शतकका बाबजुद नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो । त्रिभुवन विश्वविद्यालयको मैदानमा आज दिउँसो २ बजे सुरु भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

तर, आयरल्याण्डले निर्धारित २० ओभरमा २२२ रनको विशाल स्कोर बनाएपछि फिल्डिङको निर्णय नेपाली टोलीका लागि बोझ बनेको थियो । आयरल्यान्ड वुल्भ्सका लागि पिटर मुर्तगले सर्वाधिक ४९ रन बनाएका थिए भने ग्यारेथ डेलानी र कप्तान निल रकले ३८/३८ र स्टेफन डोहेनीले ३४ रन जोडे। बलिङतर्फ हेमन्त धामीले २ विकेट लिए भने आरिफ शेख र कमल सिंह ऐरीले १/१ विकेट लिए ।

२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोलीको सुरुवात स्थिर रह्यो । तर, पावरप्लेमा ४३ रन बनाएपछि टोलीले कप्तान विनोद भण्डारीलाई १६ रनमा गुमायो ।

लोकेश बमले आफ्नो विस्फोटक शतक बनाएर पनि नेपाल ‘ए’ लाई जित दिलाउन असफल हुँदा आयरल्यान्ड वुल्भ्स २१ रनले विजयी भयो ।

Leave a Reply