January 18, 2025
Spread the love
महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण
महिला फुटबल टोलीलाई १० लाख हस्तान्तरण

साउदी अरेबिया महिला फुटबल च्याम्पियनसिपका उपविजेता यामबहादुर गुरुङ (यम तमु)ले बुधबार एक कार्यक्रमका बीच नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

टोलीका २३ खेलाडीलाई प्रत्येकले ४३ हजार ४ सय ७८ रुपैयाँ प्रदान गरिएको थियो । दुई दशकभन्दा बढी समयदेखि साउदी अरबमा बस्दै आएका बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का गुरुङले खेलाडीको उत्कृष्ट प्रदर्शनको कदर गर्दै प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा उक्त रकम राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा एन्फा महिला फुटबल संघकी अध्यक्ष पेमा डोल्मा लामालगायत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply