December 13, 2024
Spread the love
पेट्रोल र डिजेलको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र पेट्रोलमा १ रुपैयाँ मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएपछि निगमले शुक्रबार मूल्य समायोजन गरेको हो । मूल्य घटाएपछि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

घटाइएको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहने छ ।

पेट्रोल र डिजेलको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो

Leave a Reply