July 17, 2024
Spread the love
आज साँझ ५ बजे सपथ ग्रहण समारोहसहित १४ जनाले मन्त्रीको सपथ लिनेछन् ।
आज साँझ ५ बजे सपथ ग्रहण समारोहसहित १४ जनाले मन्त्रीको सपथ लिनेछन् ।

पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको मन्त्रिपरिषद्मा आज थप १४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । जानकारी अनुसार नेपाल कम्युनिष्ट पार्टीबाट ७, माओवादीबाट ४ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ जनाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रचण्ड सरकारका १७ मन्त्रीमध्ये तीनले यसअघि पद तथा गोपनीयताको शपथ लिएका थिए । यसका लागि आज साँझ ५ बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट पदम गिरी, माओवादीका तर्फबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र  पार्टीका डीपी अर्यालले पनि पद तथा गोपनीयताको शपथ लिनेछन् ।

विना विभागीय सपथ लिएका यी तीन नेताले छिट्टै मन्त्रीको जिम्मेवारी सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीबाट मन्त्रीहरुः रघुवीर महासेठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री पदम गिरी, कानून, न्याय तथा संसदीय मामिलामन्त्री हरि उपाध्याय ।

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवति चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

 

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार

हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

Leave a Reply